नेप्सेमा दोहोरो अंकको सुधार, बढेन कारोबार
लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको हो ।
गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्सेमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । झण्डै १८ अंकले बढेको बजारमा जम्मा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।
यद्यपि, नेप्सेमा सूचीकृत कुल १३ वटा उपसूचकहरु मध्ये आज दुई वटा बैंकिङ र माइक्रोफाइनान्स बाहेक अन्य सबै उपसूचकहरु धनात्मक भएका छन् । यस दिन सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ भने, डेभलपमेन्ट बैंक समूह २.८४ प्रतिशतले, हाइड्रोपावर समूह २.७१ प्रतिशतले, अन्य समूह २.११ प्रतिशत, होटल तथा पर्यटन समूह २.५ प्रतिशतले र इनभेष्टमेन्ट समूह २.०५ प्रतिशतले बढेको छ । यता बैंकिङ समूह र माइक्रोफाइनान्स समूह भने आज क्रमशः ०.१७ प्रतिशतले र ०.१ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण