बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खेलाडी प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन

आइतबार, २५ वैशाख २०७९, १६ : ४९
आइतबार, २५ वैशाख २०७९

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न एन्फाले तीन सदस्यीय टोली गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको  कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको सयोजकत्वमा, पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको छानबिन टोली टोली गठन गरेको हो । 

मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । छानबिन समितिले सात दिनभित्र सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप