निर्वाचन सुरक्षामा प्रहरीले सेनासँग माग्यो २ हजार साना हतियार
सेनाले दियो करिब ७ सय थान
आइतबार, २५ वैशाख २०७९, २० : ४८
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।
साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सुरक्षामा सापटी स्वरुप दिएको चिनियाँ पेस्तोल लेथल (घातक) हतियार हो । देशभर एकै चरणमा निर्वाचन हुन लागेको हुनाले हतियार नपुग्ने विश्लेषणसहित प्रहरी प्रधान कार्यालयले सेनासँग हतियार मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण