शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कले ताजमहल बारे टिप्पणी गरे, सार्वजनिक भयो रोचक किस्सा

मङ्गलबार, २७ वैशाख २०७९, १४ : ५९
मङ्गलबार, २७ वैशाख २०७९

टेस्लाका सीईओ एलन मस्कले आफ्नो ताजमहलको भ्रमणको स्मरण गर्दै यो वास्तवमै अचम्मको कुरा भएको बताए ।

हिस्ट्री डिफाइन्ड नामक अकाउन्टबाट गरिएको ट्विटको जवाफमा एलन मस्कले लेखे– यो निकै सुन्दर छ । सन् २००७ मा म त्यहाँ गएँ र ताजमहल हेरेँ, यो साँच्चै संसारकै एक आश्चर्य हो ।’

यस ट्वीटमा उनकी आमा मय मस्कले सन् १९५४ मा एलनका हजुरबा हजुरआमाको ताजमहलको भ्रमणको तस्बिर साझा गर्दै एउटा रोचक किस्सा साझा गरिन् ।

उनले लेखिन्, ‘सन् १९५४ मा तिम्रा हजुरबुवा–हजुरआमा दक्षिण अफ्रिकाबाट अष्ट्रेलिया जाने बेला ताजमहल हेर्न गएका थिए । उहाँहरु एउटा इन्जिन भएको प्रोपेलर विमानमा रेडियो वा जिपिएस बिना यस्तो यात्रा गर्ने एकमात्र जोडी थिए । उहाँहरुको जीवनको उद्देश्य थियो – सावधानीका साथ खतरनाक तरिकाले बाँच ।’

ताजमहल फेरि चर्चामा

ताजमहल यतिबेला चर्चामा छ । इलाहाबाद उच्च अदालतमा दायर याचिकामा ताजमहल शिव मन्दिरमा बनेको दाबी गरिएको छ ।

हालै, इलाहाबाद उच्च न्यायालयको लखनउ बेन्चमा ताजमहलका २२ वटा बन्द ढोकाहरूमा भारतीय पुरातत्व सर्वेक्षणले छानबिन गर्न माग गर्दै याचिका दायर गरेको  छ ताकि त्यहाँ हिन्दु देवी–देवताहरूको मूर्तिहरू फेला पार्न सकियोस् ।

यसका लागि सत्यतथ्य पत्ता लगाउने समिति गठन गरी एएसआईले अनुसन्धान प्रतिवेदन अदालतमा पेस गर्न माग गरेको निवेदनमा उल्लेख छ ।

याचिकामा भनिएको छ, ‘केही हिन्दू समूह र प्रबुद्ध सन्तहरूले यो समाधि पुरानो शिव मन्दिर हो भनी दाबी गर्छन् र उनीहरूको दाबीलाई धेरै इतिहासकारहरूले पनि समर्थन गर्छन् । यद्यपि धेरै इतिहासकारहरूले यो मुगल सम्राट शाहजहाँले बनाएको ताजमहल हो भन्ने विश्वास गर्छन् तर केही मानिसहरूले तेजो महलया उर्फ ​​ताजमहललाई ज्योतिर्लिंग मान्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप