पूर्व प्रमुख निर्वाचन आयुक्त यादवको गुनासो : आग्रह–पूर्वाग्रह राखेर एक बचन नसोधी हटाइयो
निर्वाचन आयोगले पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रूपमा अनुमति दिन अस्वीकार गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा यादवलाई पर्यवेक्षकको भूमिका निभाउन नदिने भएको हो । पूर्व प्रमुख विशिष्ट व्यक्तित्व तथा कर्मचारीलाई आयोगले विशेष पर्यवेक्षकको भूमिका दिने भए पनि यादवको नाम कुनै राजनीतिक दलको विभागमा नाम भएको भन्दै उनको नाम हटाएको हो ।
यता पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले आफूलाई एक बचन समेत नसोधी निर्वाचन पर्यवेक्षकबाट आफ्नो नाम हटाएकोमा गुनासो गरेका छन् । यसबारेमा रातोपाटीले यादवसँग लिएको प्रतिक्रियामा उनले भने–‘मलाई पर्यवेक्षकको रूपमा अस्वीकार गर्न उहाँहरूलाई अधिकार छ । २०७४ सालको चुनाव गराएर अवकाश पाएको भर्खरैको पूर्व प्रमुख आयुक्तलाई यस्तो यस्तो छ के कसो हो भनेर एकपटक त सोध्नुपर्थ्यो । केही नसोधी आग्रह पूर्वाग्रहका आधारमा हटाइएछ । यसबारे मलाई कुनै जानकारी पनि दिइएको छैन । मलाई उहाँहरूले अस्वीकृत गरेको कुरा मिडियाबाट नै थाहा पाएँ ।’
उनले आफूलाई एक कल फोन समेत नगरी नाम हटाएको बताए । आयोगले आग्रह पूर्वाग्रहका आधारमा आफूलाई हटाइएको उनले बताए । डा.यादवले रातोपाटीसँग भने–‘उहाँहरूले मात्रै एक कल गरेर सोधेर यस्तो यस्तो छ भनेको भए पनि हुन्थ्यो । यो आग्रह पूर्वाग्रहबाट नै हटाइएको हो । आयोगलाई यस्तो गर्न पाउने अधिकार छ, यसलाई अन्यथा लिन पनि हुँदैन । उहाँहरूले दिनुभएन पनि ठिकै छ । मतदान गरेर आउँला । गर्मी महिना छ, स्वास्थ्य पनि राम्रो छैन, घरमा बसेर आराम गरुँला ।’ पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले २०७४ सालमा भएको स्थानीय तह, प्रदेश तथा संघीय चुनाव सम्पन्न गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
-
अमेरिका–इरान वार्ता आइतबार नै हुनसक्ने
-
दास व्यापारको क्षतिपूर्ति र माफी माग गर्दै अफ्रिकी तथा क्यारिबियन देश
-
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण