राजेशको ‘सत्यम्’ को शीर्ष गीत सार्वजनिक
घोषणा भएको लामो समय बितिसक्दा पनि फिल्म ‘सत्यम्’को काम अझै अगाडि बढ्न सकेको छैन । फिल्म नबन्न सक्ने हल्ला समेत चलिरहेको समय निर्माण युनिटले भने अहिले गीत सार्वजनिक गरेको हो ।
गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि राजेश हमाललाई मात्रै देखाइएको छ ।
फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि फिल्म छायांकनमा ढिलाई भएको हो । निर्माता रेशम सापकोटा पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन गर्ने नगर्ने निर्णय गर्न कठिन भएको बताउँछन् ।
फिल्म बन्ने नबन्ने बिषयमा छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहेको सापकोटाको भनाइ छ । प्रि–प्रोडक्सनको काम लगभग सकिएको फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघि बताइएको थियो । फिल्मको निर्माण लागत ७ करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण