जाजरकोटमा पानी नपर्दा मकै रोप्न समस्या
आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।
पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए ।
वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ ।
स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
-
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण