यस्तो छ शुक्रबारको मौसम
शुक्रबार स्थानीय तह निर्वाचनका दिन भारी वर्षा र निरन्तर वर्षा नहुने मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले प्रक्षेपण गरेको छ। विभागले शुक्रबार भारी वर्षा र निरन्तर वर्षा नहुने प्रक्षेपण गरेको हो ।
पश्चिमी वायुमा स्थानीय वायु मिसिँदा मौसम सक्रिय भएकाले हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम विद् बरुण पौडेलले बताए । उनका अनुसार पानी परेपनि तत्काल रोकिने र एउटै जिल्लामा पनि मौसम फरक फरक रहने छ । उनले खण्ड खण्डमा पानी पर्ने भएकाले वर्षाले धेरै ठूलो असर नपर्ने बताए । तर सामान्य वर्षा हुँदा मतदाताले होसियारी अपनाउन नसक्दा मतपत्र भिज्न सक्ने भएकाले होसियारी अपनाएर मतदान गर्न पौडेलले आग्रह गरे। पश्चिमी वायुसँग स्थानीय वायु समेत मिश्रित भइ मौसम सक्रिय भएकाले पहाडी क्षेत्रमा बढी वर्षा हुन सक्ने उनले जानकारी दिए ।
शुक्रबार दिउँसो प्रदेश एक, मधेस प्रदेश,बाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने पौडेलले बताए । यस्तै शुक्रबार बेलुका पनि सोही क्षेत्रमा दिउँसोकै जस्तो मौसम रहने भएको छ।
यस्तो छ शुक्रबारको मौसम
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण