स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप पार्ने अर्थविद्हरुले बताएका छन् । निर्वाचनमा भएको औपचारिक तथा अनौपचारिक खर्चले मुद्रास्फीतिमा थप असर गर्ने उनीहरूको तर्क छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा चैत महिनामा नेपालको आर्थिक वृद्धिदर ७.२८ प्रतिशतले रहेको उल्लेख छ, जुन अघिल्लो महिनाको भन्दा पनि बढी हो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा ७.१४ प्रतिशतले मूल्यवृद्धि भएको थियो । विभिन्न कारणले अहिले नै बढिरहेको मुद्रास्फीतिलाई चुनावले थप प्रभावित बनाउने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन्। "चुनाव र चुनावी खर्चले मानिसहरूको वस्तु तथा सेवाको माग बढाउँछ । त्यसले मूल्यमा थप चाप पर्ने देखिन्छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा दुई अङ्कको आर्थिक वृद्धि हुने अनुमान गर्न सकिन्छ,” उनले भने । यसले गरिब तथा विपन्न नागरिकहरूमा ठूलो समस्या सिर्जना गर्ने उनको तर्क छ। साथै चुनावमा भएको खर्चले आयात बढाउँदा भुक्तानी सन्तुलनमा समेत चाप पर्ने खनाल बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
-
रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
-
नेपाल प्रिमियर लिगका ६ टोलीको टाइटल स्पोन्सरमा 'एक्सट्रिम इनर्जी ड्रिंक्स'
-
प्रमुख प्रतिपक्षी दलले सरकारको १०० दिनका उपलब्धिलाई भन्यो– हात्तीको देखाउने दाँत मात्र
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण