चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो
नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। 'तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ,' उनले भने, 'यो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गयो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन।' वैशाख ९ गतेसम्म बजारमा ६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको तर वैशाख २८ गतेसम्ममा ६ खर्ब ५२ अर्ब हाराहारीका नोट चलनचल्तीमा रहेको नेपालले बताए। 'अपेक्षा गरेअनुसार माग भएको छैन। हुन त अझै अवधि बाँकी नै छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
-
अभिषेक गिरीलाई थुनामुक्त गर्न मोरङ अदालतको आदेश
-
कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण