कट्रिना गर्भवती भएको खबरमा कत्तिको छ वास्तविकता ?
बलिउडकी ग्ल्यामर गर्ल कट्रिना कैफको विषयमा विभिन्न खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । ती सञ्चार माध्यमका अनुसार कट्रिना कैफ गर्भवती भएकी छिन् । उनको गर्भ दुई महिनाको भइसकेको पनि बताइँदै छ । तर यो खबर मात्र एक अफवाह भएको बताइएको छ ।
कट्रिना आफैँले यो खबर खारेज गरिदिएकी छिन् । इटाइम्सले कट्रिना कैफको समूहसँग उनी गर्भवती भएको बारे कुरा गरेको छ । नायिकाको टिमले उनी गर्भवती नभएको स्पष्ट पारेको छ । उनी हाल आफ्नो करियरमा केन्द्रीत रहेको उनीहरुले बताए । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवाहको सुरुवाती दिनमा रमाइरहेकी छिन् । विक्कीका प्रवक्ताले पनि यो कुरालाई गलत बताएका छन् ।
६ महिना अघि कट्रिना र विक्कीले विवाह गरेका छन् । ९ डिसेमबरमा कट्रिना र विक्कीले राजस्थानको स्वाई माधोपुरस्थित सिक्स सेन्सेज फोर्ट, बरवाडामा विवाह गरेका थिए । विवाहपछि यी दुईको रोमान्टिक तस्बिर निकै भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण