बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस, एमाले र विप्लव समूहसहितको गठबन्धनलाई हराउँदै माडि १ माओवादी प्यानलै विजयी

शनिबार, ३१ वैशाख २०७९, ११ : ४५
शनिबार, ३१ वैशाख २०७९

रोल्पाको माडि गाउँपालिका वडा नम्बर एक अध्यक्षमा नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समुहको संयूक्त गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादीका माडि १ का वडा अध्यक्ष रोहित घर्ती मगरले ८९० मत ल्याएर तीन दलीय गठबन्धनबाट विप्लव समुहका मोहनसिंह वलीलाई पराजित गरेका हुन् । वलीले तीन दलीय गठबन्धनबाट  ८४५ मत ल्याएर पराजित भएका हुन्।

पालिका अध्यक्षमा माओवादीका अमरसिंह घर्तीले ७५ मत ल्याउँदा काँग्रेस, एमाले र विप्लव समुहका संयूक्त उम्मेदवार एमालेका विजयकुमारी घर्तीमगरले ८४ मत ल्याएका छन्। माओवादीका उपाध्यक्षका उम्मेदवार जयपुरी घर्तीले ८५९ ल्याएकी छिन् भने संयूक्त गठबन्धनबाट काँग्रेसका कृष्णबहादुर विश्वकर्माले ७६७ मत ल्याएका हुन्। माडिमा मत गणना जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप