दाङकाे लमही नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता
लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका उम्मेदवार दण्डिराम चौधरीलाई ९ मतले पछी पार्दै कांग्रेसका चौधरीले सुरुवाती अग्रता लिएका छन् नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जोगराज चौधरीले ९३, नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका वसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन् । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगी ९९, नेकपा एमालेका सुशीला शर्मा ७८ र नेकपा माओवादि केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त भएकाे छ।
वडा नम्बरमा नेपाली कांग्रेसका दामोदर पौडेलले ३८, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ३४ र नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नुमराज पौडेलले १९ मत प्राप्त गरेका छन् लमही नगरपालिका वडा नंं ५ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका ओमप्रसाद सुवेदीले अग्रता छ ४१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका कुमार घिमिरेले २२, नेकपा एमालेका विमबहादुर केसीले १६ मत प्राप्त गरेका छन् यसैगरी नेकपा एमालेका खिमबहादुर केसीले ४३, नेपाली कांग्रेसका भेषबहादुर केसी(रमेश)ले ४०, नेकपा माओवादी केन्द्रका प्रेम वलीले १० मत प्राप्त भएके छ। अहिले पनि यि तीन वडाको मत गणना चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण