ओलीको गृहनगर दमकमा राप्रपाका थापाले घटाए मतान्तर
शनिबार, ३१ वैशाख २०७९, १६ : ५४

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन\ । ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ३६१ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा सहभागी हुन मलेसिया उडे आरभ
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
पठाओ राइडर हुन ८० प्रतिशत अंकसहित परीक्षा पास अनिवार्य
-
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
-
कोशी प्रदेश : यसपटक पनि योजना छनौटमा पहुँचवालाकै 'तजबिजी', टुक्रे योजनाको बाढी लाग्ने
-
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ