शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अनिल पछ्याउँदै प्रभाकर (हेर्नुस तस्वीर)

आइतबार, १७ मङ्सिर २०७४, २० : ०४
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौं – नेकपा माओवादीका नेता तथा सरकारका मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ काठमाडौं क्षेत्र नं १ का संघका उम्मेदवार अनिल शर्माका अन्तरक्रिया र कोणसभामा सहभागी हुँदै आएका छन् ।


राजधानीमा अनिल शर्मा जतिकै व्यस्त रहेका प्रभाकर अनिल शर्मासँगसंगै हिँडेर भोट मागी रहेका छन् । हरेक कोणसभा र अन्तरक्रियामा सहभागी भएर वामपन्थीको पक्षमा माहोल बनाइरहेका छन् । 


प्रभाकारले भने, ‘राजनीतिक आन्दोलन पुरा भएको छ । अब वामपन्थीहरु एक भएका छन् । देशमा समृद्धि र स्थायीत्व चाहिएको छ । त्यसको लागि वामपन्थीहरुलाई बहुमत दिन जनतालाई आह्वान गर्दछौ ।’


विहान विजुली बजारमा पत्रकार सम्मेलनमा सहभागी भए । त्यहाँको कार्यक्रम सकेर ओम शान्ति पार्टी प्यालेस पुगेर अन्तरक्रियामा भने ‘संविधान बनेको छ अब देशलाई समृद्धिको यात्रमा लिने हामीले नै हो । जसरी राजनीतिक परिवर्तनकालागि कम्युनिष्टहरुले बलिदानी दिए त्यसरी नै देश समृद्धिकोलागि पनि हामी कुनै कसर छोड्ने छैनौं त्यहि भएर हामीलाई मत दिनु होस ।’


साँझ घट्टेकुलो पुगेर कोणसभामा सम्बोधन गदै भने, ‘वामपन्थीले देशलाई समृद्धि र आत्मनिर्भर बनाउने छांै । यसको लागि हामीले जित्नु अनिवार्य छ । जनसुमदायले हाम्रो यो अभियानलाई साथ दिनु हुने नै छ ।’


आजै राष्ट्रिय जनमोर्चाका संघका प्रत्यक्षतर्फका उम्मेद्वार निर्मलकुमार थापाले प्रेस विज्ञप्ती निकालेर पत्रकार सम्मेलन गदै वामपन्थी गठबन्धनका उम्मेद्वार अनिल शर्मालाई सहयोग गर्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप