नेपालमा पनि ‘सुपर डान्सर’ छानिने
भारतको सर्वाधिक रुचाइएको टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना हुने भएको छ । ए.डी. रिलिजले यसको फ्रेन्चाइको आधिकारिक रुपमा ‘सुपर डान्सर नेपाल’ गर्ने भएको हो । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको ए.डी. रिलिजले बालबालिकाको प्रतिभा प्रदर्शन गराउने उदेश्यले प्रतियोगिता नेपालमा सुरु गर्न लागेको हो । नेपालको प्रमुख शहरहरु पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, काठमाडौं र नेपाल बाहिरका नेपाल भाषीहरु माझ समेत प्रारम्भिक अडिसन मार्फत प्रतियोगी छान्ने भएको छ । सहभागी हुन इच्छुकले प्रारम्भिक अडिसन मार्फत सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रमको अर्काे उदेश्य नेपालमै डान्समा भविष्य खोजिरहेकाहरुलाई स्थापित गर्ने रहेको आयोजकले जनाएको छ ।
प्रारम्भिक छनोटबाट छानिएका प्रतिभालाई छुट्टै प्रशिक्षण दिइनेछ । जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रुपमा रहनेछन् भने प्रत्येक प्रतियोगीलाई एकजना कोरियोग्राफरले अभिभावकीय भुमिका निभाउँदै गाइड गर्नेछन् । सुपर जज, सुपर गुरु र सुपर प्रतिभाको प्रस्तुतिले शोको रोमाञ्चकता थप्नेमा आयोजकको विश्वास रहेको छ ।
‘सुपर डान्सर नेपाल’को प्रोडक्सन टिममा भारतकै डान्स प्लस सिजन २ का उपविजेता नेपाली डान्स समूह पनि अनुबन्धित छ । शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शो ३० भाग निर्माण हुने आयोजक ए.डी.रिलिजका कम्युनिकेशन्स् म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण