मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी
बुधबार, ०४ जेठ २०७९, १८ : ३१
। रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।
निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । तिलोत्तमाका निर्वाचन अधिकृत माधव लोहनीले कर्मचारीबाट त्रुटी भएको भन्दै कर्मचारीलाई कारवाही गरिने बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण