बमबाट विचलित भएनन् गगन : पट्टी बाँधेरै पुगे चुनावी सभामा (फोटो)
काठमाडौँ । बम विष्फोटबाट घाइते बनेका काङ्ग्रेस नेता गगन थापा घटना भएको केही घण्टामा नै चुनावी सभामा भाग लिएका छन् ।
सोमबार चुनावी प्रचारमा रहेको बेला बुढानीलकण्ठ स्थित चपलीमा भएको बम बिस्फोटमा परि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापा घाइते बनेका थिए ।
घरदैलो सकेर चुनावी कोण सभा गर्ने क्रममा माधव कोलनीमा बम बिस्फोट भएको थियो ।
उनलाई कान र ढाडमा चोट लागेको थियो। घटना लगत्तै थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । थापाको चुनावी प्रचारमा रहेका नौं जना घाइते भएका छन् ।
चुनावी प्रचारको अन्तिम दिन थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिफलमा र काठमाडौं क्षेत्र नम्बर ३ र ६ मा मतदातालाई सम्वोधन गर्ने कार्यक्रम थियो ।
घटनापछि पनि थापाले आफ्नो चुनावी कार्यक्रम रद्द गरेनन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनी सिफलमा आयोजित सभामा सहभागी भएका छन् । अनुहारमा ब्यान्डेज बाँधेर भए पनि कार्यक्रममा उपस्थित भएका गगनलाई सुन्न उल्लेख्य संख्यामा सर्वसाधारण पनि जम्मा भएका थिए ।
थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका छन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।
रिमोट कन्ट्रोलबाट बम बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी आयुक्त जय बहादुर चन्दले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण