मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विश्वप्रकाशले टिकट खोसेको मेचीनगरमा काँग्रेस पराजित

मङ्गलबार, १० जेठ २०७९, ०७ : ४३
मङ्गलबार, १० जेठ २०७९

प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै नेपाली काँग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका इन्द्रबहादुर बुढाथोकी पराजित भएका छन् । इन्द्रबहादुर बुढाथोकी नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीसँग पराजित भएका हुन् । उनले २१ हजार ३११ मत ल्याउँदा एमाले उम्मेदवारले २६ हजार ४७८ मत प्राप्त गरे ।

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।

 नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि महामन्त्री शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको थियो ।  यसैगरी  उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे। 

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा काँग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।  जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । महामन्त्री शर्मा गृहनगर वडामा पनि काँग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको मेचीनगर ९ को अध्यक्षमा एमालेका कञ्चन कुमार तामाङ विजयी भएका छन् । उनले काँग्रेसका टेकेन्द्र वानियालाई पराजित गरेका थिए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप