तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ ।
तुलसीपुरमा १३ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेकामा अहिले वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएके घोषणा गर्न बाँकी छ । यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा चीनको चिप क्षेत्रमा नयाँ निर्यात प्रतिबन्धको घोषणा
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
हुम्लाको सर्केगाडमा माओवादी र कांग्रेसबिच कडा प्रतिस्पर्धा
-
बाँकी दुई स्थानको मतगणना जारी, आजै नतिजा आउने
-
१० बजे १० समाचार : स्थानीय तह उपनिर्वाचनमा प्रमुख दलहरूको हविगत के ?
-
दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार विजयी