बालेनको प्रतीक्षामा पुर्ख्यौली थलो
‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।
देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३र४ वर्षकै उमेरदेखि देखेकी थिइन्। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उनको भनाइ छ।
वालेनको बाल्यकाल सम्झँदै उनले भनिन्, ‘‘बच्चे मे देखिने रहियै आव त वडाका भगेल होतै आब फेर एक वेर हुनका अपने गाउँठाउँमे देखके भेटके मन होइय (बाल्यकालमै देखका थियौं अब त उहाँ ठूलो भइसक्नु भयो होला। अब फेरि एक पटक उहाँलाई आफ्नै गाउँ ठाउँमा हेर्ने इच्छा छ।)’’
काठमाडौं जितेर गाउँ आएपछि सबै मिलेर खुशी साट्नुपर्ने उनको भनाइ छ। विनिताले थपिन्, ‘‘बालेन हजुर जितेर एक पटक गाउँ आउनुहोस्, हामी सारा गाउँवासीलाई हजुरसँग मिलेर जितको खुसी साटासाट गर्नुछ।’’
बालेनकै एकडारा(२ स्थित घर छेवमा रहेको आँप बगैंचामा घाँस काट्न बसेकी अवस्था भेटिएकी सोही ठाउँकी सकिना खातुनले वालेन जित्ने खबरले असाध्यै खुशी लागेको बताइन्।
काठमाडौं महानगरपालिकको प्रमुख पदमा वालेन जित्ने निश्चित भएको खुशियाली उनको अनुहारबाटै झल्की रहेको थियो।
हँसिलो अनुहार बनाउँदै सकिनाले भनिन्, ‘‘एकडारा गाउँवासीका लागि यो भन्दा ठूलो खुसी केही हुन सक्दैन, हिजोसम्म हाम्रो गाउँ एकडारालाई बढीमा प्रदेशसम्म चिन्थे होला, अब त आफ्नो वालेनका कारण देश विदेशमा गाउँको पहिचान उजागर भएको छ।’’ यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण