ज्याकलिनलाई विदेश जान अनुमति
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अदालतले ३१ मेदेखि ६ जुनसम्म विदेश यात्रा गर्न अनुमति दिएको छ । बलिउडका ‘महाठग’ सुकेश चन्द्रशेखरसँग आफ्नो सम्बन्धका कारण प्रवर्तन निर्देशनालय(इडी)को अनुसन्धान परेकी ज्याकलिनलाई अदालतले विदेश जान अनुमति दिएको हो ।
ज्याकलिन आबुधाबीमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कारमा सहभागिताका लागि जान चाहेकी थिइन् । उनले केही समयअघि पटियाला हाउस कोर्टमा युएई, फ्रान्स र नेपाल जानका लागि अनुमति मागेकी थिइन् । तर, प्रारम्भिक निर्णयमा अदालतले उनको अनुमतिलाई अस्वीकार गरेको थियो ।
अदालतले कैयौं पटक चन्द्रशेखरका विषयमा ज्याकलिनसँग सोधपुछ गरेको थियो । झण्डै दुई सय करोड रुपैंयाँ मनी लन्ड्रिङ मामलामा सुकेश हाल जेलमा छन् । गत महिना ज्याकलिनको झण्डै सात करोड रुपैंयाँको उपहार र सम्पत्ति इडीले जफत गरेको थियो ।
यसै वर्षको फेब्रुअरीमा इडीले चन्द्रशेखरको कथित सहयोगी पिंकी इरानीविरुद्ध एक पुरक आरोप पत्र दर्ता गराएको थियो । आरोप पत्रमा अभिनेत्री ज्याकलिनको नाम पनि उल्लेख थियो ।
आरोप पत्रमा इरानीले ज्याकलिनका लागि महंगो उपहार छनोट गर्ने र त्यो उपहारमा चन्द्रशेखरले लगानी गर्ने उल्लेख थियो । चन्द्रशेखरले विभिन्न मोडल तथा बलिउड फिल्मकर्मीका लागि झण्डै २० करोड रुपैंयाँ लगानी गरेको आरोप पत्रमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण