रामचरणलाई भेट्न २ सय ६४ किलोमिटर पैदल यात्रा
साउथ सुपरस्टार राम चरणको फ्यान फलोइङ निकै ठूलो छ । हालै एक फ्यानले उनलाई अनौठो उपहार दिएका छन् । यी फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेट्न आए । यो फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको थियो । यो कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले उनलाई भेटे र उनीसँग बसेर फोटो खिचे।
रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ्रेम गराएर रामचरणलाई उपहार दिए । जयराजले चामलको बोरा पनि ल्याएका थिए । यससँगै रामचरणले जयराजसँगको फोटो पनि क्लिक गरेका छन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

रामचरण अहिले आफ्नो आगामी फिल्म ‘आरसी १५’ को सुटिङमा व्यस्त छन् । शंकर निर्देशित फिल्ममा अभिनेत्री कियारा आडवाणी पनि मुख्य भूमिकामा देखिनेछिन् । रिपोर्टका अनुसार अभिनेता यस फिल्ममा आईएएस अफिसरको भूमिकामा देखिनेछन् । रामचरण हालै फिल्म ‘आरआरआर’ मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण