अभिनेत्री मिरुनाले भनिन्, ‘पटक पटक दुर्व्यवहार भएपछि प्रतिकारमा उत्रिएँ’
अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण आफू प्रतिकारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् ।
‘कार्यक्रममा धेरै भिड थियो । म प्यानहरूसँग सेल्फी खिचिरहेको थिए । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि । यो मैले पनि बुझेकी छु’ उनले भनिन् ‘म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए ।’ पहिलो पटकमा आफू माथि दुर्व्यवहार भएको होइन होला जस्तो समेत लागेको उनले सुनाइन् ।
‘एक पटक भयो होइन होला भनेर केही पर सरे, अर्को पटक फेरि त्यस्तै अलि बढी भयो । फेरि होइन, सार्वजनिक ठाउँमा यस्तो हुँदैन भन्ने सोचेर अलिकति सरे’ मगरले अगाडि भनिन् ‘तेस्रो पटक एकदमै दुख्ने गरेर पक्रिएपछि प्रतिकारमा उत्रिएको हो ।’ प्रतिकारको सुरुमै आफूले एक थप्पड हानेको उनले सुनाइन् ।
थप्पड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रिस उठेको बताएकी उनले अभिनेत्रीको रूपमा भन्दा पनि दाजुभाइलाई सिकाउनु पर्ने दिदीबहिनीको रूपमा गाली गरेको र आइन्दा कसैलाई छुने होइन भनेर छोडेको बताइन् ।
‘त्यहाँ धेरै भिड भएकोले त्यो कुरोले मलाई लाज भयो । बाहिर निस्किएर रोए पनि । मैले कमजोर फिल समेत गरे । फेरि यो सही भएन भन्ने लाग्यो’ उनले अगाडि थपिन् ‘फर्केर हेर्दा त्यो व्यक्ति हाँसेर डुलिरहेको देखेपछि झन् रिस उठ्यो । कानुनको सहारा लिएँ ।’ उनलाई पुलिसमा बुझाएपछि विभिन्न माध्यमबाट दबाब समेत आइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
