पाल्पाका १० स्थानीय तहलाई चार अर्ब रकम
पाल्पाका १० स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकम विनियोजन गरिएको छ । यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेटमा यहाँका पालिकालाई रु चार अर्ब आठ करोड २१ लाख बजेट छुट्टयाइएको छ ।
विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु एक अर्ब १४ करोड ८३ लाख, सः शर्त अनुदान अन्तर्गत रु दुई अर्ब ७७ करोड १३ लाख, समपूरक अनुदान रु ११ करोड २० लाख र विशेष अनुदान रु पाँच करोड पाँच लाख रकम रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहलाई अघिल्लो वर्षभन्दा यो वर्ष रु २६ करोड ४६ लाख बढी रकम विनियोजन गरिएको छ ।
रामपुर नगरपालिकालाई जम्मा रु ४९ करोड ८१ लाख विनियोजन भएको छ । सोमध्ये समानीकरण अनुदानमा रु १३ करोड ३७ लाख, सः शर्त अनुदान अन्तर्गत रु ३४ करोड २४ लाख, समपूरक अनुदानमा रु एक करोड ७० लाख र विशेष अनुदानमा रु ५० लाख गरी रकम रहेको छ ।
तानसेन नगरपालिकाका लागि समानीकरण अनुदानमा रु १७ करोड ६१ लाख, शःशर्त अनुदान अन्तर्गत रु ४५ करोड ४२ लाख, समपूरक अनुदान रु तीन करोड र विशेष अनुदानमा रु ५० लाख गरी जम्मा रु ६६ करोड ५३ लाख विनियोजन भएको छ ।
रैनादेवी छहरा गाउँपालिकालाई रु ४५ करोड ६५ लाख विनियोजित रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ५५ लाख, सशर्त अनुदान अन्तर्गत ३२ करोड १० लाख, विशेष अनुदान रु एक करोड २० लाख र समपूरक अनुदान ८० लाख बजेट छुट्टयाइएको छ । रिब्दीकोट गाउँपालिकाका लागि समानीकरण अनुदानमा रु नौ करोड ८० लाख, सः शर्त अनुदान अन्तर्गत २४ करोड ९४ लाख र समपूरक अनुदानमा ७० लाख गरी जम्मा रु ३५ करोड ४४ लाख रहेको छ ।
माथागढी गाउँपालिकामा विनियोजित कूल रु ३८ करोड ६३ लाख रकममध्ये समानीकरण अनुदानमा रु ११ करोड ३३ लाख, सः शर्त अनुदान अन्तर्गत रु २६ करोड ३० लाख र समपूरक अनुदान रु एक करोड रहेको छ । रम्भा गाउँपालिकालाई रु ३४ करोड २५ लाख विनियोजन गरिएकोमध्ये समानीकरण अनुदानमा रु १० करोड ३१ लाख, सः शर्त अनुदान अन्तर्गत २३ करोड चार लाख र समपूरक अनुदानमा रु ९० लाख बजेट विनियोजन गरिएको छ ।
बगनासकाली गाउँपालिकाका लागि रु ३४ करोड ७३ लाख विनियोजन भएको रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ७० लाख, सः शर्त अनुदान अन्तर्गत रु २२ करोड ९३ लाख, समपूरक रु ७० लाख र विशेष अनुदान रु ४० लाख रहेको छ । पूर्व खोला गाउँपालिकालाई विनियोजित रु ३२ करोड ८८ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ९५ लाख, सः शर्त अनुदान अन्तर्गत रु २० करोड ९३ लाख, समपूरक अनुदान रु ७० लाख र विशेष अनुदानमा रु एक करोड ३० लाख रहेको छ ।
निस्दी गाउँपालिकामा समानीकरण अनुदानमा रु १० करोड ५९ लाख, सः शर्त अनुदान अन्तर्गत रु २६ करोड ७६ लाख, समपुरक अनुदानमा रु एक करोड ३० लाख र विशेष अनुदानमा रु एक करोड १० लाख गरी जम्मा रु ३९ करोड ७५ लाख विनियोजन भएको छ । तिनाउँ गाउँपालिकालाई विनियोजित रु ३० करोड ५४ लाख रकममध्ये समानीकरण अनुदानमा रु नौ करोड ६२ लाख, सः शर्त अनुदान अन्तर्गत रु २० करोड ४७ लाख र विशेष अनुदानमा ४५ लाख रकम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण