बाँकेमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
शुक्रबार, २० जेठ २०७९, १९ : ५४
बाँकेमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मोटरसाइकल चालक खजुरा गाउँपालिका–५ बस्ने ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका–१५ अक्कल घरुवास्थित भित्री सडकमा रोकी राखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किएर बिहीबार राति शर्मा गम्भीर घाइते भएका थिए । उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण