गुल्मीमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते
गुल्मीमा भएको मोटरसाइकल दुर्घटनामा परेर २ जना गम्भीर घाइते भएका छन् । शनिबार राती भएको मोटरसाइकल दुर्घटनामा परेर इस्मा गाउँपालिका (टाकुरा निवासी २६ वर्षीय (चालक) दिपक घर्ती र सोही स्थानका मोटरसाइकलमा सवार ३५ वर्षीय कृष्णबहादुर केसी घाइते भएका हुन् ।
सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको बा ५१ प १८३४ नम्बरको मोटरसाइकल रेसुङ्गा नगरपालिका –४ तमघास सिमलटारी सडक खण्डमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । प्रहरीकाअनुसार घाइते घर्तीको बायाँ खुट्टा भाँचिएको छ भने अर्का घाइते केसीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ छ ।
दुबैलाई पाल्पा रिफर गरिएको र पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ । तीब्र गतिमा चलाइएको मोटरसाइकल सडकदेखि करिब ५० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण