रातोपार्टीकर्मी केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार
रातोपाटीकर्मी तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ (रुपन्देही) बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीले आज एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पाएका हुन् ।
केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासङ्घ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो बनाएर वातावरणको क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गरिँदै आएको छ । यसवर्ष उक्त पुरस्कार केसीलाई प्रदान गरिएको हो ।
मन्त्रीसँगै पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, पुरस्कार स्थापनाकर्ता नारायण सापकोटा ,महासङ्घ रुपन्देहीका संस्थापक अध्यक्ष डा.बालकृष्ण चापागाईँ, निवर्तमान अध्यक्ष यानेन्द्र जिसी, पुरस्कार मूल्याङ्कन समितिका संयोजक माधव ढुङ्गाना लगायतले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि २५ हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण