मालिकसँग हरेक जुम लेक्चरमा उपस्थित बिरालोलाई युनिभर्सिटीको बधाई
अमेरिकाको एक विश्वविद्यालयले आफ्नो मालिकसँग जुम कक्षाको हरेक लेक्चरमा भाग लिएको बिरालोलाई बधाई दिएको छ । महामारीका कारण फ्रान्सेस्का बोर्डियरले कलेजको अधिकांश समय घरबाटै जुम कक्षा लिएकी थिइन् ।
‘म धेरैजसो समय मेरो अपार्टमेन्टमा थिएँ र मेरो छेउमा मेरो बिरालो (सुकी) हुन्थिन । जब म मेरो जुम लेक्चरमा हुन्थे, उनी पनि नजिकै आएर सुन्थिन । उनी मेरो ल्यापटपको छेउमै बस्थिन’, बोर्डियरले भनिन् ।
स्नातक हाँसिल गर्नमा आफू एक्लै नभएकोमा खुसी व्यक्त गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो बिरालोले मसँग भएको हरेक जुम लेक्चरमा भाग लिन्थिन् त्यसैले हामी दुवैले अस्टिनको टेक्सास विश्वविद्यालयबाट सँगै स्नातक गर्नेछौं ।’
सामाजिक सञ्जाल एपमा उनको पोस्ट भाइरल भएको छ । धेरैले लाईक र टिप्पणी गरेका छन् । दुबैलाई बधाई दिँदै एक इन्स्टा प्रयोगकर्ताले लेखे, ‘मैले तपाई दुईलाई समाचारमा देखेको छु र म आफैं एक बिरालोप्रेमी महिला हुँ । ’
बोर्डियरले सुकीलाई टोपी र गाउन किनेतापनि उनको बिरालोले कुनै स्नातक डिग्री प्राप्त गरेको छैन् । आफूलाई हरेक चरणमा साथ दिने बिरालोप्रति उनी खुसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण