बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भाडाको विषयमा विवाद : ट्रान्सपोर्टमा तोडफोड र हातपात

सोमबार, २३ जेठ २०७९, १७ : ५२
सोमबार, २३ जेठ २०७९

पश्चिमाञ्चल ट्रक व्यवसायी समिति बुटवलका पदाधिकारीहरूले  ट्रान्सपोर्टमा तोडफोड र हातपात गरेका छन् । रुपन्देहीको ओम तिया गाउँपालिका–२ पडसरीमा रहेको ढाक्रे  ट्रान्सपोर्टमा भाडाको विषयलाई लिएर उनीहरुले तोडफोड गरेका हुन् । उनीहरुले पौडेल ढुवानीका प्रोप्राइटर गोपालबहादुर क्षेत्रीमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ ।

पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप कार्की, सेक्टर उपाध्यक्ष गणेश घिमिरे लगायतको  टोलीले आफ्नो ट्रान्सपोर्टमा तोडफोड गरेको ट्रान्सपोर्टका प्रोप्राइटर रामप्रसाद पन्थीले रातो पाटीलाई जानकारी दिए । तोडफोडबाट सिसा, टेलिफोन, कुर्सी र सामानमा क्षति पुगेको पन्थीले बताए ।

उनले पौडेल ढुवानीका प्रोप्राइटर गोपालबहादुर क्षेत्रीमाथि समेत हातपात भएको उनले बताए ।  ट्रान्सपोर्टमा तोडफोड र हातपात भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  डिएसपी नवरत्न पौडेलले रातोपाटीलाई बताए । उनले ट्रान्सपोर्टमा तोडफोड भएको भन्दै प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको समेत जानकारी दिए ।

उनले  भने, ‘उहाँहरुले  व्यक्ति नै किटेर निवेदन दिनुभएको छ, हामी अब प्रहरीलाई घटनास्थल पठाउँछौ, अनि अरू प्रक्रिया अगाडि बढ्छ ।’ आइतबार मात्रै पश्चिमाञ्चल ट्रक व्यवसायी समिति उद्योग वाणिज्य सङ्घका बीच भैरहवा–काठमाडौँको १० हजार टनको भाडा २८ हजार र वीरगन्ज–काठमाडौँको ३ हजार कम गर्ने सहमति भएको थियो ।

सोही सहमतिको  आधारमा ट्रान्सपोर्टमा २५ हजार दिइएको र त्यसलाई ट्रक  समितिले नमानेको बताएको छ । यता पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष यम पाण्डेसँग प्रतिक्रिया लिनका लागि पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप