बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

सोमबार, २३ जेठ २०७९, २० : ०३
सोमबार, २३ जेठ २०७९

दाङको घोराहीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । घोराही उपमहानगरपालिका १४ मा बस्दै आएकी नेपाल माइती भएकी ३७ वर्षीया गायत्री नेपालीले भारत बलरामपुर घर भएका ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको श्रीमतीले बयान दिएको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुबीच पटक पटक विवाद हुँदै आएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप