बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बर्दियामा गोली चल्यो, १ जनाको मृत्यु

सोमबार, २३ जेठ २०७९, २२ : ५१
सोमबार, २३ जेठ २०७९

बर्दियामा आक्रमणकारी बाघलाई नियन्त्रणमा लिनुपर्ने माग राखेर प्रदर्शन गर्दा झडप भएको छ । मधुवन नगरपालिकास्थित ओराली बजारमा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप हुँदा २४ वर्षीया नविना थारुको मृत्यु भएको छ । 
झडपमा प्रहरीले गोली चलाएको छ । प्रहरीले १ राउण्ड हवाई फायर गरेको पुष्टि गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने– ‘मृतकलाई प्रहरीको गोली लागेको पुष्टि भएको छैन ।’ 

सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मिताको नेपालगञ्जमा उपचार हुँदैछ । प्रदर्शनको क्रममा ज्यान गुमाएकी नविनाको शव गुलरिया अस्पतालमा राखिएको छ । उनको टाउकोमा चोट लागेको छ । पोष्टमार्टम गरेपछि मात्र उनको मृत्युको कारण थाहा हुने प्रजिअ बास्तोलाले रातोपाटीलाई बताए । 

मधुवन नगरपालिकामा दुई साताअघि पनि एकजना स्थानीयलाई बाघले आक्रमण गरेको थियो । लगातार बाघको आक्रमण भएपछि स्थानीयले बाघ नियन्त्रण गर्न माग राखेर आन्दोलन गरेका हुन् । लगातार राजमार्ग बन्द गरेपछि प्रहरीले हवाई फायर गरेको प्रजिअले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप