बर्दिया घटना : स्थानीय प्रशासनसँगको ५ बुँदे सहमति पीडित पक्षले मानेनन्
बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार २४ वर्षीया नविना थारुको मृत्यु भयो । उनको शव गुलरिया अस्पतालमा राखिएको छ । बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानिय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमती भएको छ । तर, सो सहमती मृतकका परिवारले अस्विकार गरेका छन् ।
पीडित परिवारलाई तत्काल राहन दिने, घटनाबारे न्यायीक छानविन समिती बनाउने र गोली चलाउनेलाई कारवाही गर्ने सहमती भएको छ । सर्वपक्षीय छलफलबाट मृतकको सालिक बनाउनुपर्ने माग भएपछि मधुवन नगरपालिकाले सालिक बनाउने सहमती गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले रातोपाटीलाई बताए ।
सोमबार बिहान बाघको आक्रमणबाट अस्मिता थारु घाइते भएकी थिइन् । अस्मितालाई बाघले आक्रमण गरेपछि स्थानीयले बाघ आतंक रोक्न गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
झडपमा परेर ९ जना प्रहरी र एकजना आन्दोलनकारी घाइते भएका छन् । घाइतेलाई सरकारले उपचार गर्ने सर्वपक्षीय सहमती भएको छ । आक्रमणकारी बाघलाई राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने पनि सहमती भएको छ । स्थानिय राजनीतिक दलहरु र जिल्ला प्रशासन कार्यालयको बिचमा भएको सहमती पीडित पक्षले अस्विकार गरेका छन् ।
पीडितलाई सहमती गर्ने प्रयास भइरहेको प्रजिअ बास्तोलाले बताए । प्रहरीको गोली लागेर नविनाको मृत्यु भएपछि लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्याय घटनास्थलमा पुगेका छन् ।
मृतकको टाउकोमा चोट लागेको छ । उनको पोष्टमार्टम हुन बाँकी छ । पीडित परिवार सहमत भएपछि पोष्टमार्टम गरिने लुम्बिनी प्रदेशका डीआईजी नल प्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण