लुम्बिनीको नीति तथा कार्यक्रम : बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानी बनाइने
लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति ल्याएको छ । बुधबार लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिन शेरचनले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई पनि गौरवको आयोजनाभित्र राखिएको बताए ।
स्थायी राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणासँगै लुम्बिनी प्रादेशिक अस्पताल, रापती अस्पताललाई गौरवको आयोजनामा राखेको छ । नीति तथा कार्यक्रममा ‘राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने गरी गुरुयोजनाको आधारमा प्रदेश राजधानीको लागि पूर्वाधार निर्माण जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ्ग र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने शेरचनले उल्लेख गरेका छन् ।
प्रदेशको राजधानी व्यवस्थापनबाहेक लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिन वाङ, रामपुर कपरकोट जीवराज आश्रित सडक, कृष्ण सेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रूपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यस्तै अर्घाखाँची र प्युठानको सिमनामा पर्ने नौमुरे बहुउद्देश्यीय जलाशय युक्त परियोजनालाई संघीय सरकारसँगको समन्वयमा प्रदेशको महत्त्वपूर्ण योजनाको रूपमा अघि बढाइने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै नीति तथा कार्यक्रम एक स्थानीय तह एक नर्सरीको अवधारणा ल्याएको छ । गौतम बुद्ध विमानस्थल सञ्चालनलाई अवसरको रूपमा लिँदै पर्यटन र पूर्वाधार विकासको लागि थप काम गर्ने उल्लेख छ । कृषिको उत्पादकत्व वृद्धि हुने कार्यक्रमका साथै बालिएको पहिचान गरी एक जिल्ला एक निर्यातको अवधारणामा जोड दिने उल्लेख छ । माटो सुधार कार्यक्रम ल्याएको छ । माछा र मासु उत्पादनमा विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।
शङ्कर पोखरेल अनुपस्थित
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रमुख विपक्षी दलका नेता शङ्कर पोखरेल अनुपस्थित भएका छन्। पूर्वमुख्यमन्त्री समेत रहेका शङ्कर पोखरेल बस्ने कुर्सी भने खाली छ। मुख्यमन्त्रीबाट हटेपछि उनी प्रदेश सभाको १० औ अधिवेशनको पहिलो बैठकमा बोलेका थिए । त्यसपछि प्रदेशसभामा गएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण