'एमालेले बालेन्द्र शाहलाई पूर्णरुपले सहयोग गर्छ'
प्रतिनिधि सभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु– हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन,’ राईले भने, ‘तपाईलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं । तर बालेन शाहले संयमता अपनाएर अगाडि बढ्न जरुरी छ ।’
फोहोर मेलाले काठमाडौंबासीलाई अत्यन्तै अफ्ठेरो पारेको उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देशलाई प्रभावित बनेको उनले जनाए । ‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण