बर्दिया गोली काण्ड : आठ बुँदे सहमतिपछि नविनाको शव आफन्तले बुझे
बर्दिया । सोमबार बर्दियामा सुरक्षा निकायको गोली लागेर मृत्यु भएकी एक किशोरीका आफन्तले आठ बुँदे सहमतिपछि शव बुझेका छन् ।
सोमबार बिहान करिव १० बजे मधुवन नगरपालिका–२ की ४१ बर्षीया अस्मिता थारु खेतबारीमा घाँस काट्ने लागेको बेला बाघको आक्रमणबाट घाइते भएकी थिइन् । वन्यजन्तुबाट आफूहरु असुरक्षित रहेको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा सोमबार साँझ आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा मधुवन–२ को ओराली बजारमा सुरक्षा निकायबाट चलाइएको गोली लागेर सोही वडाकी १८ वर्षीय किशोरी नविना चौधरीको मृत्यु भएको थियो ।
सो घटनाबारे संसदमा आवाज उठ्यो । अन्ततः बुधबार साँझ आठ बुँदे सहमतिपछि तत्कालका लागि विवाद साम्य भएको छ ।
मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले तत्कालका लागि विवाद साम्य भएको जानकारी दिइन् । उनका अनुसार घटनास्थल ओराली बजार क्षेत्रमा नविनाको शालिक निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने, उनलाई सहिद घोषणा गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने, क्षतिपूर्तिवापत २० लाख रूपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, स्थानीय सरकार अर्थात् मधुवन नगरपालिकाले एक लाख रूपैयाँ प्रदान गर्ने जस्ता आठ बुँदे सहमति भएको छ ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर घाइते भएका मधुवन नगरपालिका–२ सोनाहका २२ वर्षीय राकेशकुमार थारूको नेपालगञ्ज नरसिंह होममा उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्न सरकारलाई आग्रह गर्ने समेत सहमति भएको छ ।
यस्तै, बाघको आक्रमणबाट घाइते भएकी ४१ वर्षीया अस्मिता थारूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने, बाघको आक्रमणबाट जेठ १० गते मृत्यु भएकी ५४ वर्षीय कौसीदेवी पालको परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत आवास व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्ने विषयमा पनि सहमति भएको छ ।
राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला सहितको टोलीबीचको छलफलमा उक्त सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण