जेसीबीले फालेको ढुंगा लागेर बालकको मृत्यु
गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा मुसिकोट– २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ‘वडा नम्वर –३, मैदानस्थित रेसुङ्गा होटलका मालिक हरि कार्कीका भानिज (उनी मावली घरमै बस्थे) स्थानीय पृथ्वी माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने गगनको मृत्यु भएको हो’ वडाध्यक्ष शंकरबहादुर रायमाझीले भने, ‘माथिबाट माटोसँगै खसेको ढुंगा लागेर बालकको टाउकोमा लागेपछि उनी त्यही ढलेको जानकारी प्राप्त भएको छ ।’
गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । वडाध्यक्ष रायमाझीका अनुसार जेसीवीका चालक बोमबहादुर रानाभाट घटनालगत्तै फरार भएका छन् । जेसीबी मालिकलाई भने प्रहरी कार्यालयमा बोलाइएको डिएसपी खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण