सिलाइकटाइमा पाँच दशक बिताएका वृद्ध भन्छन्– राजनीतिक परिवर्तन भयो, जीवनस्तर जस्ताको तस्तै
पाँच दशकभन्दा लामो समय एउटै पेसामा अनवरत काम गर्दै आएका नेपालगञ्जका मोनिउह खाँ जुनसूकै राजनीतिक व्यवस्थाले पनि आफूहरुजस्ता श्रमिकको जीवनस्तर उकास्न नसकेको बताउँछन् ।
नेपालगञ्ज उपमहानगरपालिका–११ ईद्रगाह रोडमा सिलाइकटाइ व्यवसाय गर्दै आएका उनले यो काम थालेको पाँच दशकभन्दा बढी भयो । अहिलेसम्म आफ्नो लागि एउटा घरसमेत बनाउन नसकेको उनी बताउँछन् ।
राणा शासन काल अर्थात् २००१ सालमा जन्मेका खाँले २००७ सालको क्रान्तिपछिको प्रजातन्त्र, २०१७ सालपछिको पञ्चायती व्यवस्था, २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनर्स्थापना, राजाको सक्रिय शासन, २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना देखिसकेका छन् ।
राजनीतिक परिवर्तनका यति लामो शृङ्खलाका बाबजुद उनले आफूहरुजस्ता श्रमिकका लागि कहिल्यै पनि राहत महसुस गर्न नपाएको गुनासो गरे । विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनले आफहरुको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेको उनको भनाइ छ ।
सुरुमा त्रिभुवन चोक उनले टेलरिङ्गमा मास्टरको काम गरेका थिए । २०२४ सालदेखि टेलरिङ्ग मास्टरको काम गरेका खाँ अहिले आफ्नै सातो टेलर सञ्चालन गरेर बसेका छन् ।वृद्ध भएका कारण आँखा कम देख्ने खाँ अहिले सिलाइको काम गर्न सक्दैनन् । उनी कपडा काट्ने गर्दछन् भने सिलाउनका लागि रसिक राईलाई दिने गर्दछन् ।
‘यो सहरमा धेरै संघर्ष गरेँ, म यही सहरमा जन्मिएँ, यहीँ हुर्किएँ,’ उनले भने, ‘यही सहरमा संघर्ष गर्दागर्दै बुढो भएँ, दाह्री–कपाल फुलिसकेको छ तर पनि गुजारा चलाउनका लागि मेरो संघर्ष सकिएको छैन ।’
दुई छाक टार्नका लागि अहिले पनि काम नगरी सुख नभएको उनले बताए । ‘जुनबेला मैले काम सुरु गरेँ, यो ठाउँमा त्यो बेला जंगल थियो, यो चोकमा मान्छेहरू आउन डराउँथे,’ उनले भने, ‘अहिले यस्तो भव्य सहर बनेको छ तर म अझैसम्म अर्काको घरमा बस्नु परेको छ । यो काम गरेर आफ्नो लागि एउटा घरसमेत बनाउन सकिएन ।’
अझै पनि डेरामा बस्ने गरेको सुनाउँदै उनले भने, ‘धेरै वर्ष बसिसकेको भएर होला, अब त घरबेटीले भाडा पनि लिँदैनन् ।’ महँगी बढेर गुजारा चलाउनै कठिन भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण