रोल्पामा जेसिबी चलाएको हेर्न गएका दुई बालकको मृत्यु
आइतबार, २९ जेठ २०७९, १४ : ४२
मोटरबाटो खन्ने क्रममा जेसिबी चलाएको हेर्न जाँदा रोल्पाका दुई बालकको माथिबाट खसेको पहिरोले पुरिएर मृत्यु भएको छ । जिल्लाको परिर्वन गाउँपालिका–५ निवासी प्रकाश खड्काका ६ वर्षीय छोरा डेविड र उनका २ वर्षीय भाइ इशान खड्काको आइतबार बिहान मृत्यु भएको हो ।
रोल्पाका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार आइतबार विहान उनीहरुको घरबाट करिब २ सय मिटरको दुरीमा पर्ने इरिबाङ्ग खरिबोट मोटरबाटोको नयाँ ट्रयाक खोल्न जेसिबी चलाइएको थियो । उनीहरु दुई भाइ विहान साढे ९ बजेको समयमा हेर्न गएका थिए । सो समयमा जेसिबी छाडेर चालक खाजा खान गएको प्रहरीको भनाइ छ । त्यही बेलामा माथीबाट खसेको डिस्को–पहिरोले पुरेर उनीहरु दुबै जनाको ज्यान गएको हो ।
यस्तै दुई दिन अघि गुल्मीमा पनि सडक मर्मतका क्रममा जेसिबी चलाउँदा एक जना १४ वर्षीय बालक गगन रायमाझीको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण