‘अन्तरिक्षबाट अपतटीय मिथेन ग्याँस चुहावट देखिएको दावी’
वैज्ञानिकहरूले स्याटेलाइट डाटाको प्रयोग गरी पहिलोपटक समुद्रबाट चुहिएको शक्तिशाली ग्रीनहाउस ग्यास मिथेन पत्ता लगाउन सफल भएको एक अध्ययनले देखाएको छ । उक्त अनुसन्धानको निष्कर्षमा तेल तथा ग्याँस उद्योगबाट पहिले अदृश्य मिथेनका लप्का पत्ता लागेको बताइएको छ ।
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्याँस उत्सर्जन भएको थियो । यो मानव गतिविधिबाट हुने मिथेन उत्सर्जनको झन्डै एक तिहाइ भाग हो ।
वातावरण विज्ञान तथा प्रविधिसम्बन्धी ‘इन्भारन्मेन्ट साइन्स एण्ड टेक्नोलोजी लेटर्स’ पत्रिकामा सार्वजनिक हालै गरिएको नयाँ अध्ययनले मेक्सिकोको खाडीमा रहेको तेल तथा ग्याँस उत्पादन केन्द्रबाट आएको हरित गृह ग्यासको लप्का पत्ता लगाएको हो, जहाँ डिसेम्बर महिनाको १७ दिनको अवधिमा करिब ४० हजार टन ग्याँस उत्पादन भएको थियो ।
दक्षिणी मेक्सिकोको क्याम्पेचे नजिकै रहेको यो प्लेटफर्म देशकै सबैभन्दा ठूलो तेल उत्पादन गर्ने क्षेत्रहरूमध्ये एक हो । भ्यालेन्सिया पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक लुइस गुआनटरले यससम्बन्धमा सार्वजनिक एक भनाइमा उल्लेख गरेका छन्, “हाम्रो अध्ययनको निष्कर्षले भूउपग्रहहरूले समुद्रको आधारभूत संरचनाबाट मिथेन ग्यासका लप्का कसरी पत्ता लगाउन सक्छन् भन्ने कुरा देखाउँछ ।”
“यसले एउटा प्लेटफर्महरूबाट औद्योगिक उत्सर्जनको व्यवस्थित अनुगमन गर्ने ढोका खोल्छ ।” गत केही वर्षमा जमिनमाथि मिथेन चुहावट पत्ता लाग्ने भूउपग्रह आधारित तरिकाहरू द्रुत गतिमा विकास भएका छन् । यसले नियामक निकाय तथा उद्योगबारे असहजता सिर्जना गर्ने जानकारी दिएको छ ।
समुद्रको तेल तथा ग्याँसको परिचालनबाट चुहावट हुने विश्वव्यापी उत्पादनको लगभग ३० प्रतिशत उत्सर्जनबारे समान प्रविधिको अभाव हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण