मानिसको जीवित छालाबाट बनेको हो यो रोबोटिक औँला, आफैँ निको हुन्छ घाउ
वैज्ञानिक शोजी टेकुचीको लक्ष्य यस्तो रोबोट बनाउनु थियो जुन मानिसको औँला जस्तै होस् । आफ्नो यो लक्ष्यतर्फ अघि बढ्दै उनले हालै मानव कोसिकाबाट बनेको जीवित छालायुक्त एउटा रोबोटिक औँला बनाएका छन् ।
टोक्यो युनिभर्सिटीमा बायोहाइब्रिड सिस्टममा विज्ञ शोजी टेकुची र उनका सहयोगीले जुन औँला बनाएका छन् त्यो नफुटिकन मोडिन पनि सक्छ र घुम्न पनि । यसलाई केही गरी चोट लागेको खण्डमा यो घाउ आफैँ निको पनि हुन्छ ।
टेकुचीका अनुसार सिलिकन रबरले बनेको रोबोट टाढाबाट हेर्दा वास्तविक जस्तै देखिन्छ तर नजिकबाट हेर्दा भने यो नक्कली नै देखिन्छ । टेकुची भन्छन्, ‘रोबोटको छाला वास्तविक देखियोस् भनेर हामीले त्यसलाई मानिसको वास्तविक छालाले छोप्ने मन बनायौँ ।’
जर्नलमा प्रकाशित शोधका अनुसार रोबोटिक औँलालाई कोलेजन र मानव डर्मल फाइब्रोब्लास्टयुक्त घोलमा डुबाएर जीवित छाला बनाइएको छ । रोबोटिक औँलाको चारैतिर कोलेजन र फाइब्रोब्लास्ट टाँस्सिन सुरु भयो, यी दुई एक–आपसमा कस्सिन थाले । औँला वास्तविक औँलाजस्तो देखिन थाल्यो । यसलाई टेकुची हाइपर–रियलिस्टिक औँलाको सफलता मान्छन् ।
कोलेजन र फाइब्रोब्लास्ट सेट भएपछि त्यसमाथि मानव एपिडर्मल केराटिनोसाइट्समार्फत् कोट गरियो ताकि यो ९० प्रतिशतसम्म मानिसको छालाजस्तै देखियोस् । यसो गर्दा छाला बढी जीवन्त देखिन्छ, यहाँसम्म कि हल्का पसिना पनि छालामा देखिने गर्छ ।
केराटिनोसाइट्सले मानव छालालाई वाटर प्रुफ बनाउँछ । यसले रोबोटिक औँलालाई पनि वाटर प्रुप बनायो जुन वास्तविक औँलाले झैँ प्रतिक्रिया दिन्छ । सबैभन्दा राम्रो कुरा त मोडिँदा, चिमोट्दा औँलामा चोट लाग्छ भने यो आफैँ ठिक पनि हुन्छ ।
This Robotic Finger Has Living Skin Made From Human Cells That Can Healhttps://t.co/IPiyxXJijN pic.twitter.com/A7iekrmHXc
— IFLScience (@IFLScience) June 9, 2022
टेकुचीका अनुसार यो रोबोटिक औंलाको सबैभन्दा ठूलो चुनौती यो हो कि छालाभित्र कुनै सर्कुलेटरी सिस्टम छैन त्यसैले कल्चर मिडियमबाट निकालिएपछि छाला लामो समयसम्म टिक्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण