काठमाडौँ महानगरपालिकाको भवन निर्माण रोकियो
काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो।
ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम उपलब्ध गराउन नमिल्ने जनाएपछि ठेकेदार कम्पनी सामानान्तर जेभीले काम रोकेको हो।
लामो समयसम्म निर्माण ठप्प भएपछि कामपाका मेयर बालेन्द्र साह हिजो बुधबार कामपाको बबरमहलस्थित सार्वजनिक निर्माण विभाग पुगेर जानकारी लिएका थिए । कर्मचारीमाथि मुद्दा चलाए पनि काम रोक्न कतै आदेश नदिएका कारण निर्माण कम्पनीले पुसदेखि निरन्तर काम गरिरहेको छ। ठेकेदार कम्पनीले पहिलो किस्ताको बिल पठाएको थियो। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण