शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कूलिङ सिस्टमको साथ पोकोको नयाँ स्मार्टफोन आउँदै

शनिबार, ०४ असार २०७९, ०७ : ४४
शनिबार, ०४ असार २०७९

पोकोको नयाँ स्मार्टफोन एफफोर फाइभजी जुन महिनाको २३ तारिखमा विश्वब्यापी रुपमा लञ्च गर्ने तयारी गरिएको छ। यस फोनमा शक्तिशाली प्रोसेसरदेखि लिएर क्यामेरासम्म पनि फुल फोकस दिइएको छ । पोको एफफोर फाइभजीलाई  पोको एक्सथ्री प्रोको प्रतिस्थापन पनि भनिएको छ । यसको सुविधाहरू र डिजाइन धेरै हदसम्म रेड्मी के४०एससँग मेल खान्छ।

यो फोन 12GB LPDDR5 RAM र 256GB UFS 3.1 भण्डारणको साथ आउनेछ। यो नयाँ स्मार्टफोनमा ६.६७ इन्चको फुल एचडी एमोलेड डिस्प्ले दिइनेछ । जसमा १२० हर्ज  रिफ्रेस रेट पाउन सकिन्छ।

पावरको लागि, यस फोनमा 4,520mAh ब्याट्री दिइनेछ, जुन 67W फास्ट चार्जिङ सपोर्टले सुसज्जित हुनेछ। स्टोरेज बढाउन फोनमा माइक्रोएसडी कार्ड स्लट पनि दिइएको छ, यो फोन एन्ड्रोइड १२ मा आधारित MIUI १३ मा काम गर्नेछ। गेमिङका लागि फोनमा LiquidCool 2.0 कुलिङ सिस्टम दिइनेछ, जसले लामो समय गेम खेल्दा पनि तपाईंको फोनलाई तात्न दिँदैन।

फोटो र भिडियोका लागि फोनको पछाडि ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। जसमा ६४ एमपी प्राइमरी क्यामेरा लेन्स, ८ एमपी अल्ट्रा वाइड एंगल लेन्स र २ एमपी म्याक्रो लेन्स हुनेछन्। सेल्फी र भिडियो कल कुराकानीको लागि फोनमा विशेष २० एमपी फ्रन्ट क्यामेरा लेन्स दिइनेछ। यो फोन कालो र हरियो गरी दुई कलर विकल्पहरूमा ल्याइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप