कूलिङ सिस्टमको साथ पोकोको नयाँ स्मार्टफोन आउँदै
पोकोको नयाँ स्मार्टफोन एफफोर फाइभजी जुन महिनाको २३ तारिखमा विश्वब्यापी रुपमा लञ्च गर्ने तयारी गरिएको छ। यस फोनमा शक्तिशाली प्रोसेसरदेखि लिएर क्यामेरासम्म पनि फुल फोकस दिइएको छ । पोको एफफोर फाइभजीलाई पोको एक्सथ्री प्रोको प्रतिस्थापन पनि भनिएको छ । यसको सुविधाहरू र डिजाइन धेरै हदसम्म रेड्मी के४०एससँग मेल खान्छ।
यो फोन 12GB LPDDR5 RAM र 256GB UFS 3.1 भण्डारणको साथ आउनेछ। यो नयाँ स्मार्टफोनमा ६.६७ इन्चको फुल एचडी एमोलेड डिस्प्ले दिइनेछ । जसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ।
पावरको लागि, यस फोनमा 4,520mAh ब्याट्री दिइनेछ, जुन 67W फास्ट चार्जिङ सपोर्टले सुसज्जित हुनेछ। स्टोरेज बढाउन फोनमा माइक्रोएसडी कार्ड स्लट पनि दिइएको छ, यो फोन एन्ड्रोइड १२ मा आधारित MIUI १३ मा काम गर्नेछ। गेमिङका लागि फोनमा LiquidCool 2.0 कुलिङ सिस्टम दिइनेछ, जसले लामो समय गेम खेल्दा पनि तपाईंको फोनलाई तात्न दिँदैन।
फोटो र भिडियोका लागि फोनको पछाडि ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। जसमा ६४ एमपी प्राइमरी क्यामेरा लेन्स, ८ एमपी अल्ट्रा वाइड एंगल लेन्स र २ एमपी म्याक्रो लेन्स हुनेछन्। सेल्फी र भिडियो कल कुराकानीको लागि फोनमा विशेष २० एमपी फ्रन्ट क्यामेरा लेन्स दिइनेछ। यो फोन कालो र हरियो गरी दुई कलर विकल्पहरूमा ल्याइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण