पत्रपत्रिका
कर्मचारी सरुवामा चलखेल
मङ्गलबार, ०७ असार २०७९, ०५ : ४६
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै चलखेल गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । अब नयाँ आर्थिक वर्षसँगै मन्त्रालयले देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हेरफेर गर्नेगरी तयारी गरेकाले सो सरुवामा चलखेल बढेको छ । अन्य मन्त्रालयबाट आउने कतिपय विभागीय प्रमुखको सरुवा सहमतिमा समेत आर्थिक चलखेलको गन्ध आउन थालेको बताइएको छ । आजको राजधानी दैनिकमा समाचार छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण