जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय
मङ्गलबार, ०७ असार २०७९, १० : १३

सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
नेपालका शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरुप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले जानकारी दिए ।
यस्तै विनोद प्रताप सिंहलाई सचिवमा बढुवा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई वायुसेवा ऐन अनुरुप निलम्बन गरी जाँचबुझको काम अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्ने दिने, राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर