जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय
मङ्गलबार, ०७ असार २०७९, १० : १३
सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
नेपालका शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरुप उनलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले जानकारी दिए ।
यस्तै विनोद प्रताप सिंहलाई सचिवमा बढुवा गर्ने, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई वायुसेवा ऐन अनुरुप निलम्बन गरी जाँचबुझको काम अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्ने दिने, राससको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण