

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन् । उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।
पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरिएको छ । पार्टी घोषणा सभामा बोल्दै लामिछानेले उनको दलले अब सुशासनको घण्टी बजाउने बताए । आजै निर्वाचन आयोगमा गएर पार्टी दर्ता गर्ने र आजै पार्टीको कार्यालय उद्घाटन गर्ने बताए । २१ जनाको टिम रहेको सो दलको आजै बैठक बस्ने उनको भनाई छ । २१ जनाको टिममा देशले चिनेको मान्छे नभई देशलाई चिन्ने मान्छे रहेको उनले बताए । हेर्नुहोस् तस्बिरहरू :
कृष्ण खड्का
कृष्ण खड्का फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ