बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर
अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।
त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् ।
उनीहरूको काम कार्यालयमा आउने, हाजिरी गर्ने अनि तलब भत्ता लिने मात्र भएको कार्यालयकै कर्मचारी बताउँछन् । 'कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले बाहिरी चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उनले स्वीकार गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
-
तस्बिरहरूमा हेर्नुहोस् सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धि कार्यक्रम
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण