खप्तड लघुवित्त र मेगा क्यापिटलबीच सम्झौता
बिहीबार, ०९ असार २०७९, १२ : ४३
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ । सो प्रयोजनको लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।
त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा खप्तड लघुवित्त वित्तीयका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण