प्रतीक्षाको घडी सकियो : अब हामी पनि सुरक्षित (फोटोफिचर)
लामो समयको पर्खाइपछि बालबालिकाले पनि कोरोनाभाइरसविरुद्धको खोप पाउन थालेका छन् । बिहीबारदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु भएको हो । अमेरिकाले अनुदानमा दिएको फाइजर बायोएनटेक खोप यही असार ५ मा काठमाडौं आएसँगै पहिलो चरणमा आजदेखि २७ जिल्लामा खोप अभियान सुरु भएको हो ।
खोप अभियानको पहिलो दिन नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयलाई पनि खोप केन्द्रमा रुपान्तरण गरि खोप लगाउन सुरु गरिएको छ । खोप लगाउँदा केही बालबालिका डराएर रुने भए पनि यसले उनीहरुलाइ कोरोनाबाट बचाउने हुँदा खसी लागेको अभिभावकले प्रतिक्रिया दिए ।
बिहीवारदेखि सुरु भएको अभियानबाट काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । साथै अहिलेको यो खोप अभियान मार्फत देशभरिका करिब ३९ लाख बालबालिकालाई खोप लगाइने उद्देश्य पनि मन्त्रालयले राखेको छ ।

अभियानमा बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्ला बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ। यस्तै, दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ।

पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली र विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइँदै छ । विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइने छ ।

































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण