कोइरालाले मानेनन् अनसन तोड्न, पहिला समस्या समाधान हुनुपर्ने माग
पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन जारी राखेका छन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि कोइरालाले अनसन तोड्न मानेका छैनन् ।
बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् । साथै आफ्नो अनसन भन्दा पहिला बोर्डले पुँजी बजार समस्या समाधान समिति गठन गर्नुपर्ने र सो समितिमा कोको रहने भन्ने कुरा लगानीकर्ताले नै छनोट गर्न पाउनुपर्ने उनको माग छ ।
बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संघर्ष समितिको नाममा एक पत्र लेख्दै बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विजय देव आचार्य र कामु कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ सहित पुँजीबजार सुधार संघर्ष समितिबाट २ जना विज्ञ प्रतिनिधिको समेत सहभागितामा नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका एक÷एक जना गरी ५ जनाको समिति गठन गरिने बताएको थियो । तर, यसका लागि पहिला अनसन तोडेर आउन बोर्डले भनेको थियो ।
तर यता बोर्डले उधारो सहमति गराएर लगानीकर्ताहरुको आन्दोलन तुहाउन खोजेको भन्दै कोइरालाले पहिला समस्या समाधान त्यसपछि मात्र आफुले अनसन तोड्ने बताएका छन् ।
यस्तो छ संघर्ष समितिको तर्फबाट जारी विज्ञप्ति-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण